|  

कोरोना कहर: साउदी अरबले विभिन्न मुलुकमाथि लगाएको प्रतिबन्ध कायमै

२९ असोज, काठमाडोैं । साउदी अरबले विभिन्न मुलुकमाथि लगाएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।

कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि गरेको विभिन्न मुलुकबाट आउने र जाने यात्रुमाथिको प्रतिबन्ध कायमै राखेको हो । प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको  छैन ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।

तर, यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन । पछिल्लो समयमा त्यहाँ कोभिडका सङ्क्रमित बढ्दै गएपछि प्रतिबन्ध घोषणा गरिएको छ ।

साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितहरु रहेका छन् ।