|  

कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश

२९असोज,काठमाडौं - सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको छ ।

साथै लोकसेवा आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डको बुँदा नम्बर ८ (१०)को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।