|  

निर्मला पन्त हत्या प्रकरण : डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा

२९ असोज,कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बित् प्रहरी नायब उपरीक्षक डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा भएको छ। 

गृह मन्त्रालयले डिएसपी जिसीको निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो।  निर्मला बलात्कार हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए। 

त्यस्तै गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो।