|  

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय: विश्व बैंकसँग २० करोड डलर ऋण लिने

२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सपथ ग्रहणलगत्तै पद सम्हालेका छन्। पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड ऋण लिने पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त रकम कोभिड–१९ को रोगथाममा प्रयोग गरिने छ। चालु आर्थिक वर्षको बजेटले समेत कोरोना कारण सिर्जित समस्यालाई समाधनका लागि मार्गदर्शन गरेको र त्यसको व्यवहारिक कार्यान्वयनले आर्थिक क्षेत्र थप सबल बन्ने मन्त्री पौडेलको भनाइ छ । उनले कोरोना प्रभावित वर्ग तथा क्षेत्रलाई राहत तथा पुनः उत्थानका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता भएको पनि सपथ लिनेक्रममा बताएका छन् ।