|  

प्रधानमन्त्रीलाई बाबुरामको काउन्टर : 'ठूला भ्रष्टाचारको छानविन कसले रोक्यो ?'

३०असोज,काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बूढीगण्डकीबारे बाबुरामको अभिव्यक्तिप्रती निराधार र गैरजिम्मेवार भएको बताएसंगै डा. बाबुराम भट्टराईले त्यसको काउन्टर जवाफ दिएका छन् ।
 
प्रधानमन्त्री केपी ओलीले आज शुक्रबार नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका थिए । 

प्रधानमन्त्री ओलीको अभिब्यक्ती लगत्तै पुर्व प्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् । 'प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो रु’ भन्दै प्रश्न गरेका हुन् । ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु।’ 

डा। भट्टराईले गत साता बूढीगण्डकी परियोजनामा प्रम ओली, पूर्वप्रमहरु प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको बताएका थिए । भट्टराईको यो भनाइको काँग्रेस र नेकपाले विज्ञप्ति निकालेर खण्डन गरिसकेका छन् ।