|  

गुण्डा नाइके विकास पुन पक्राउ

३० असोज,दाङ - गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । 

प्रहरी चेकिङका क्रममा पुनले अभद्र व्यवहार गरेर भागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पुनलाई घोराही रतनपुरस्थित पुनकै डेराबाट पक्राउ गरेको हो ।

पुन अहिले प्रहरीको हिरासत कक्षमा छन् । उनलाई यसअघि ज्यान मार्ने उद्योेग अन्तरगतमा मुद्दा चलिरहेको छ । दाङ देउखुरी जिल्ला अदालतले ज्यान मार्ने उद्योेग मुद्दामा ५ वर्ष कैद सजाय तोकेपनि पुनको सर्वोच्चमा मुद्दा चलिरहेको छ