|  

देशैभर फैलियो कोरोना:११ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित,नियन्त्रणमा सरकार चुकेकै हो त ?

३० असोज,काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सबै जिल्लामा कोरोना महामारी फैलिएको जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ११ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा मात्र करिब १६ हजार संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा २ हजार ५ सय ४० र भक्तपुरमा १ हजार ३ सय ८६ जना संक्रमित छन् । 

त्यस्तै मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा संक्रमितको संख्या ५ सयभन्दा धेरै रहेको छ । हालसम्म संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ भने ८४ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ सय ९४ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३३९ जना र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेको मन्त्रालयले जनाएको छ ।

उता सर्वसाधारणहरुले भने, कोरोना महामारी नियन्त्रणका लागी सरकारले उपयुक्त प्रकृया अपनाउनै नसकेको गुनासो गरेका छन् ।