|  

हुम्लामा चीनद्धारा नेपाली भूभाग अतिक्रमण गरेको छानबिन गर्न शेखर कोईरालाको माग

३० असोज,काठमाडौं - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कर्णाली प्रदेशको हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको कुरा गम्भीर विषय भएको बताउनुभएको छ । 

डा.कोइरालाले यस विषयमा सत्य तथ्य छानबिन गर्न सरकारसँग जोडदार माग समेत गर्नुभएको छ ।
कोईरालाले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ ‘हुम्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरुबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ यो गम्भीर विषय हो । यस सम्बन्धमा तुरुन्त विज्ञहरुको टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’

चीनले नेपाली भूभाग मिचेर भौतिक संरचना निर्माण गरेको कुरा सार्वजनिक भएको थियो । 

सरकारले चीनले कुनै पनि नेपाली भूभाग नमिचेको दावी गरेपनि स्थानीयवासीले भने चीनले नेपाली भूभाग मिचेको दावी गरेका छन् ।