|  

‘बलात्कारी संगठन’ फेसबुक ग्रुप चलाएको अभियोगमा एकजना पक्राउ

३० असोज, काठमाडौं - ‘बलात्कारी संगठन’ फेसबुक ग्रुप चलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका छन् । उनलाई नवलपरासीमा पक्राउ गरी काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।