|  

वीरगन्जमा साढे २२ किलो अवैध सुन बरामद

१ कार्तिक,पर्सा - पर्सा प्रहरीले वीरगन्जबाट साढे २२ किलो सुन बरामद गरेको छ । 

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरेको प्रहरीले  बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले आज उक्त सुन बरामद गरेको हो । 

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको जानकारी दिए । अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई पनी नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारीलार्य  अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । उक्त सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो ।