|  

बिजयादशमीमा राष्ट्रपती र प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका नलगाउने

१ कार्तिक,काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको बिजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छिन्। 

देसमा कोरोना महामारी फैलिरहेकाले राष्ट्रपति बिद्यादेवी भण्डारीले बिगतका बर्षहरुमा जस्तै सर्वसाधारणलाई लगाईदिदै आएको टिका यसबर्ष नलगाईने सम्भावना रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए । अधिकारीका अनुसार सर्वसाधारणलाई टीका लगाइदिनेबारे अन्यौल नै रहेको छ। उनले भनेका छन्-‘टीका लगाइदिने सम्भावना एकदम कम छ ।’

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टीका नलगाइदिने स्रोतले जनाएको छ । कोरोना भाइरसलाई नै मध्यनजर गर्दै ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका हुन् ।

उता पूर्वराजा ज्ञानेन्द्र शाहले पनी यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा शाहका सहयोगी फणिराज पाठकले विज्ञप्ति बिज्ञप्ती प्रकाशित् गरी उक्त कुराबारे पुष्टि गरेका हुन् । 

विज्ञप्तिमा कोरोना भाइरसका कारण यो वर्ष राजाले सर्वसाधारणलाई टीका नलगाइदिने जनाएका छन् ।