|  

कोरोना संक्रमणबाट धरानमा थप दुईको मृत्यु

१ कार्तिक धरान - कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु भएको छ ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज झापा, शिवगढी-११ का ५७ वर्षीय र सुनसरी, धरान -१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो । 

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।