|  

स्याङ्जामा ट्याक्टर दुर्घटना : एकको मृत्यु एक घाईते

१ कार्तिक,वालिङ - स्याङ्जाको भिरकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुंदा एक जनाको ज्यान गएको छ ।

शनिबार भिरकोट नगरपालिका–३ साम्दीमा ट्याक्टर दुर्घटना हुँदा स्थानिय २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

ग१त ५६३७ नं.को ट्याक्टर अनियन्त्रित भइ सडकमै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ट्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।