|  

आज ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

१ कार्तिक,काठमाडौं - आज ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण भएसंगै देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको जानकारी दिए ।

त्यस्तै संक्रमित मध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएको र संक्रमणबाट ७ सय २७ जनाको मृत्यु भएको समेत प्रबक्ता गौतमले जानकारी दिए ।