|  

पछिल्लो २४ घन्टामा मात्र कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

१,कार्तिक,काठमाडौं - पछिल्लो २४ घन्टामा मात्र कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएसंगै देशैभर ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् भने ७ सय २७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।