|  

काठमाडौं उपत्यकामा मात्र १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि

१ कार्तिक,काठमाडौं -  आज काठमाडौं उपत्यकामा मात्र १ हजार ७४६ जनामा कोरोना संक्रमण     पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ४५१, भक्तपुरमा १४३ जना र ललितपुरमा १५२ जनासहित गरी काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् भने ७ सय २७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।