|  

आईपीएल: आजको पहिलो खेलमा बैंग्लोरले राजस्थानलाई ७ विकेटले हरायो

१ कार्तिक, काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ३३ औँ म्याच अर्थात् शनिबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत हात पारेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरले ७ विकेटको जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको बैंग्लोरले १९. ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । त्यस्तै विराट कोहलीले ४३ रन बनाएका थिए ।

राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए ।