|  

नेकपा उपाध्यक्ष वामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण

१ कार्तिक, काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कारोना संक्रमण देखिएपछि अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन।