|  

आईपीएल: दिल्लीको नौँ खेलमा पनि सन्दीप अटाएनन्, चेन्नईले दिल्लिविरुद्ध ब्याटिङ गर्दै

१ कार्तिक, काठमाडौं । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ । यूएईमा जारी आज शनिबारको दोस्रो खेलमा चेन्नईले दिल्लिविरुद्ध व्याटिङ गर्दैछ ।

सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ ।

दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार नवौं खेलमा बेन्चमै छन् ।

दिल्ली ८ खेलमा ६ जितसहित १२ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ ।  चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लने  दिल्लीको लक्ष्य छ । यस्तै चेन्नई भने चौंथो जितको खोजीमा रहेको छ ।  यसै सिजनको पहिलो भेटमा दिल्लीसँग ४४ रनले पराजित आजको खेलमा बदला लिने चाहन्छ । चेन्नई ८ खेलमा ६ अंक जोडेर अंकतालिको छैटौं स्थानमा रहेको छ ।