|  

बुटवलको कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु

१ कार्तिक, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल ८ का ४९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । 

असोज २७ गते कोरोना पोजिटिभ नतिजा आएपछि होम आइसोलेसनमा बसेका ती पुरुष शनिबार नै अस्पताल भर्ना भएका थिए । 

बुटवलस्थित कोरोना विशेष अस्पतालको सबै बेड भरिएकाले गम्भीर प्रकृतिका कोरोना संक्रमित आए उपचार गर्ने स्थानसमेत नभएको अस्पतालले जनाएको छ । यससँगै अस्पतालमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।