|  

इलाममा ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु

२ कार्तिक, काठमाडौं ।  इलाममा कोरोना भाइरसको संक्रमणबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिका रहेकी छिन् । कोरोना संक्रमित बालिकाको शुक्रबार मृत्यु भएको हो । 
 
मिर्गौला पीडितसमेत रहेकी बालिकाको उपचार गर्दा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि अस्पतालले  डिस्चार्ज दिएकोमा बाटोमा मृत्यु भएको जनाइएको छ ।