|  

अजरबैजानले युद्धविरामलगत्तै रकेट र गोली वर्षाएको अर्मेनियाको आरोप

२ कार्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानको विवाद फेरि चुलिएको छ । दुई देशबीच दोस्रो युद्धविराम भएको केही मिनेटमै अर्मेनियाले अजरवैजानबीच युद्धविराम उल्लघंन गरेको आरोप लगाएको छ ।

अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार युद्धविराम भएको केही सममा नै अजरवैजानले रकेट तथा गोली बर्षाएको आरोप लगाएको छ । अजरवैजानले भने यसबारे केही बोलेको छैन् । 

२१ दिनसम्म चलेको लडाइँपछि अर्मेनिया र अजरबैजान दोस्रो पटक विवादित नागोर्नो काराबाख क्षेत्रमा ‘मानवीय युद्धविराम’का लागि तयार भएका थिए । दुवै देशबीच शनिबार मध्यरातिदेखि युद्धविराम लागु हुने बताएका थिए ।

स्थानीय समयअनुसार दुवै देश शनिबार मध्यरातबाट युद्धविरामका लागि तयार भएका थिए । यो भन्दा अघि पनि दुई देशबीच युद्धविराम भएको थियो ।

यसुअघि अर्मेनिया र अजरबैजानले गत हप्ता पनि युद्धविरामको निर्णय गरेका थिए तर त्यो अर्को दिनमै भंग भएको थियो । युद्धविरामको पुन घोषणासँगैं दुवै देशका सेनाबीच युद्ध भैरहेको छ ।