|  

भेरी अस्पतालमा बर्दियाका एक कोरोना संक्रमित पुरुषको मृत्यु

बर्दिया, २ कार्तिक । कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा बर्दियाका एक कारोना संक्रमितको मृत्यु भएकाृे छ  । बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको हो ।

उनलाई असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९०७ पुगेको छ । कोरोना संंक्रमणबाट ६७० जना निको भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५७१ जना उपचाररत छन् । आइसोलेसनमा २०४ जनाको उपचार भइरहेको छ ।