|  

इटहरीका एक कोरोना संक्रमितको धरानमा मृत्यु

२ कार्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षीय बृद्धको आइतबार बिहान ३ बजेर ५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।

असोज २६ गते संक्रमण पुष्टि ती बृद्धलाई त्यसको भोलिपल्ट वीपीकै कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो। उनमा मुटु सम्बन्धी रोग र मधुमेहको समस्या थियो । अहिलेसम्म प्रतिष्ठानमा ६३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।