|  

सुनको मुल्यमा सामान्य बृद्धि : हेर्नुहोस् आजको कारोबार

२ कार्तिक,काठमाडौं- आज आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।  यस्तै तेजावी सुन तोलाको ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

सुनको मुल्यमा सामान्य बृद्धि भएपनी आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार तोलाको १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।