|  

अब छिट्टै पूर्व पश्चिम रेलमार्ग बनाईन्छ : प्रधानमन्त्री ओली

२ कार्तिक,काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिट्टै पूर्व पश्चिम रेलमार्ग पनि बनाउने बताएका छन् ।  

आज आर्यतवार एक भर्चुअल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले नेपालमा रेल आईसकेको र अव छिट्टै पूर्व पश्चिम रेलमार्ग पनि बनाउने बताएका हुन् ।  

प्रधानमन्त्री ओलीले रेल्वे सेवाका लागि नयाँ रेल खरिद गरेर ल्याइसकेको तर  जनकपुर जयनगर चल्नका लागि रेल नेपाल आएर अहिले फेरि पार्किङका लागि भारत लगिएको बताए । त्यस्तै ओलीले अव नेपालले जल यातायात पनि छिट्टै सुरु गर्ने उल्लेख गरेका छन्  ।