|  

राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्दै

कात्तिक २, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।     
     
सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागिएको बैंकले बताएको छ । विक्री हुन लागेको कुल ट्रेजरी बिलमध्ये रू. ७ अर्ब २० करोड गत वर्ष विक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने रू. ४ अर्ब नयाँ हो ।     
     
केन्द्रीय बैंकका अनुसार रू. ४ अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि विसं २०७८ साल कात्तिक २ गते रहेको छ ।