|  

कंगना रनौतविरुद्ध एफआईआर दर्ता गर्न आदेश

३ कार्तिक, काठमाडौं । बलिउडमा हिन्दू र मुस्लिमबीच विभाजित गर्ने गरी अभिव्यक्ति दिएको आरोप खेपेकी अभिनेत्री कंगना रनौतविरुद्ध एफआईआर दर्ता गर्न अदालतले आदेश दिएको छ । उनीमाथि मुम्बईको बान्द्रा अदालतले मुद्दा दर्ता गर्न अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

याचिकाकर्ता साहिल अशरफ अली सैयदको उजुरीमा अदालतले आज उनीमाथि मुद्धा दर्ता गर्न आदेश दिएको हो ।

उनले ट्वीटर र अन्तरवार्ताहरुमा हिन्दू र मुस्लिम विभाजित गराउने खालको अभिव्यक्ति दिँदै आएकी थिइन् । आरोपलाई पुष्टि गर्ने खालका प्रमाणहरु फेला परेमा उनी पक्राउ पर्न सक्ने बताइएको छ ।