|  

सरकार बरु सीधैं भनिदिनुस्, सङ्क्रमितको सङ्ख्या गन्नेबाहेक थप केही गरिन्न: गगन थापा

३ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले कोभिड–१९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भन्दै सरकार पछि हटेपछि चौतर्फी विरोध हुन थालेको छ । आइतबार मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य नागरिकले कोभिडको परीक्षण र शवको व्यवस्थापन पनि आफन्तले गनुपर्ने बताएपछि चौतर्फी विरोध हुन थालेको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकार आफै संक्रमित भएर यस्तो निर्णय गरेको टीप्पणी गरेका छन् ।‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय- कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू१ यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न,’ थापाले भनेका छन्।

सोमबार ट्वीट गर्दै थापाले थपेका छन्, ‘सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ भनेर सिधै भनिदिनुस् प्रधानमन्त्रीज्यू।’

कार्यविधिको बुँदा ४ मा ‘कुनै व्यक्तिको घर आइसोलेसनमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ। परिवारका सदस्यहरुले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरुले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको बताए । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ ।

आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्नेछ।