|  

श्रोत नखुलेको रकम सहित रौतहटमा एक युवक पक्राउ

३ कार्तिक,रौतहट - रौतहटमा श्रोत नखुलेको रकम सहित एक युवक पक्राउ परेका छन् । 

रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा प्रहरी चेकजांचका क्रममा ना ५३ प ६२८४ नं.को मोटरसाइकल चालकले लगाएको सेतो रंगको हेल्मेटभित्र लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको १० लाख रुपैयाँ सहित वर्ष २० का दीपक पटेललाई पक्राउ गरेकोे रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ  उनलाई पक्राउ गरिएको हो ।

बरामद भएको रकममा रु १ हजार  दरको नेपाली नोट  ८ लाख र ५ सय दरको नेपाली नोट दुई लाखसमेत गरी जम्मा नेपाली नगद १० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद रकमको स्रोत नखुलेको कारण आवश्यक कारवाहीको लागि पटेललाई मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाइएको छ