|  

दशैं भत्ता फिर्ता गर्न सांसदहरुलाई शेरबहादुर देउबाको निर्देशन

३ कार्तिक, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

यस् वर्षको सांसदहरुले पाउने दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौं ।’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, । ‘फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।’ नेता खाँणले बताए ।

त्यस्तै सरकारले पीसीआर परीक्षण आफैं गर्न भनेकोमा समेत कांग्रेसले विरोध गरेको छ । जनताको जिउधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ । ‘अकालमा कसैको मृत्यु नहोस्, सबै नागरिकको जीवन रक्षा होस् । त्यसका लागि सरकारले उत्तरदायित्व र जिम्मा लिनैपर्छ, पन्छिन पाउँदैन,’ नेता खाँणले भने, । 

‘यो कोभिड–१९ को परीक्षण तथा उपचार गर्ने जिम्मेवारी आम नागरिककै हो भनेर भन्नु पूर्णत गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नभएको ठहर्छ ।’ उनले यस्तो निर्णय यथासिघ्र फिर्ता गर्न समेत सरकारसँग माग गरेका छन्  ।