|  

कांग्रेस सांसद डा.नारायण खड्काद्धारा दशैं भत्ता फिर्ता

३ कार्तिक, काठमाडौं - नेपाली कांग्रेस सांसद डा.नारायण खड्काद्धारा सरकारले उपलब्ध गराएको दशैं भत्ता फिर्ता गरेका छन् ।
उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित् सांसद डा. खड्काले संसद सचिवालयलाई पत्र लेख्दै संघिय संसद र स्वकिय सचिवलाई सरकारले उपलब्ध गराएको दशैं भत्ताबारे आफुले संचारमाध्यमबाट थाहा पाएको भन्दै उक्त रकम आफुले नलिने बताएका हुन् ।

उनले देस कोरोना महामारीको संकटमा रहेको र देशले चरम आर्थिक संकट सामना गर्न परेको अवस्थामा नैतिक रुपमा समेत लिन नमिल्ने ठहर गरी उक्त भत्ता तलवमा थपी सकेको भए कट्टा गरीदिन समेत आग्रह गरेका छन् । 

उनले लेखेका छन् - 'नेकपा नेतृत्वको सरकारले गत बर्षको मन्त्रिपरिषदको निर्णयानुसार संघिय संसद र स्वकिय सचिवलाई सरकारले उपलब्ध गराएको दशैं भत्ता दिने निर्णय अनुसार यस बर्षपनी सो भत्ता दिईएको भन्नेबारे आफुले संचारमाध्यमबाट थाहा पाए अनुसार कोरोना महामारीको बिपदको अवस्थामा देशले चरम आर्थिक संकट सामना गर्न परेको अवस्थामा आफुले राजनितिक रुपमा मात्रै नभएर नैतिक रुपमा समेत लिन नमिल्ने ठहर गरी मैले प्राप्त गर्ने उक्त भत्ता मेरो तलवमा थप नगरी दिन या थपी सकेको भए कट्टा गरीदिनुहुन अनुरोध गर्दछु ।' 

त्यस्तै उनले बिगतमा आफु राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुदाँ तथा बिभिन्न समयमा सांसद र मन्त्री हुंदाका बखत समेत त्यस्ता भत्ता द्धन्द पिडित र मुटुका बिरामीको उपचारमा तथा भुकम्प पिडितका नांउमा तलव तथा भत्ताको आधा रकम खर्च गर्दै आएको समेत बताएका छन् ।

उता नेपाली कांग्रेस संसदिय दलले पनी आज बिहानै संसदिय दलको बैठक बसी सबै सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिईसकेको छ ।