|  

नक्कली नोटसहित दाङबाट ३ जना पक्राउ

३ कार्तिक,दाङ - प्रहरीले नक्कली नोटसहित दाङबाट ३ जनालाई पक्राउ गरेको छ । 

नक्कली नोटको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।  

एसपी चन्दका अनुसार अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।

यद्धपी उनिहरुमाथी अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ ।