|  

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरूद्ध संसदमा ४ उजुरी दर्ता

३ कार्तिक, काठमाडौं - सरकारले अमेरिका र बेलायतका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि चार वटा उजुरी परेका छन्।

प्रतिनिधिसभा संघीय संसदको सुनुवाई समितिमा अमेरिकाका लागी प्रस्तावित राजदूत डा.युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको र बेलायतका लागि प्रस्तावित् राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको प्रतिनिधिसभा संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले बताए।
 
प्रवक्ता डा. पाण्डेका अनुसार उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिने छ।  ‘त्यसपछि छलफलपश्चात् सुनुवाइ तय हुने छ,’ डा.पाण्डेले भने।

पूर्वअर्थमन्त्री डा.खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो।