|  

नेकपाले दसैं भत्ता बापतको रकम कोभिड कोषमा जम्मा गर्ने

३ कार्तिक,काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सांसदले दसैं भत्ता बापत पाएको रकम कोरोना कोषमा जम्मा गर्ने भएको छ ।

पार्टि संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखसँग छलफल गरी  यस्तो निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।  ‘कोरोना विरुद्धको लडाईँ हाम्रो पहिलो प्राथमिकता हो । 

'यो सन्दर्भमा हामीले पाउने दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ’, नेता नेम्वाङले बताए ।  यद्धपी नेकपाले यसबारे बक्तब्य भने जारी गरेको छैन । 

कोरोनाका कारण मुलुक आर्थिक संकटमा परेका बेला सांसदहरूले दसैं खर्च लिएको भन्दै आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा संसदमा नेकपाका मात्र १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० सांसद रहेका छन् ।