|  

विद्युतीय माध्यममा सङ्कटकाल र कर्फ्यु भन्ने सूचना तथ्यहीन : गृह मन्त्रालय

३ कार्तिक,काठमाडौं - गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै केहि समय अघीबाट मोबाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर सङ्कटकाल र कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको भन्दै उक्त सुचना तथ्यहिन भएको बताउको हो ।  

विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर सङ्कटकाल र कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएको समेत गृह मन्त्रालयद्धारा जारी गरिएको बिज्ञप्तीमा जनाएको छ ।

“उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्येहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ”, विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।