|  

कलाकार रियाशा दाहाल भन्छिन् :'भाईरल हैन, मलाई लोकप्रिय बन्नु छ'

३ कार्तिक,काठमाडौं - करिब तीन वर्षअघि युट्युबमा रोडिज प्यारोडी आयो जुन प्यारोडीको पहिलो भिडिओ नै युट्युब ट्रेन्डिङमा प¥यो । 

यसका कलाकारको अभिनय समेत धेरैले मन पराए ।  अहिले पनि त्यसका कतिपय कलाकार युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा खुव रुचाइएका छन् । जस मध्य एक हुन् रियाशा दाहाल । 

प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा अभिनयमा लोभ लाग्दो प्रतिभाको रुपमा उदाएकी छिन् । विशेषगरी युवा वर्गमा उनको प्रभाव राम्रो फैलिएको छ । पछिल्लो समय रियाशा मोडलिङमा यसरी जम्दै छिन्, उनका हरेक म्यूजिक भिडियो युट्युबमा ट्रेन्डिङमा समेत पर्ने गरेका छन् ।

कलाकार तथा मोडल रियाशा दाहालले आफुलाई छोटो समयमा दर्शकले रुचाएको भन्दै खुशी व्यक्त गरेकी छिन् । कोरोनाको महामारीका बीच पनि दाहाललाई म्युजिक भिडिओबाट फुर्सद नै नभएको उनी बताउंछिन् । बीबीए पढाइ सकेर बसेकी रियाशा आफु कलाकारिता योजनावद्ध नभई एकाएक प्रवेश गरेको बताउछिन् ।

अभियनयमा जसरी चञ्चले, छिटो छिटो बोल्ने, छुच्ची देखिएपनि वास्तविकतामा भने निक्कै फरक रहेको उनको भनाइ छ ।  कलाकार चर्चित हुनु र लोकप्रिय हुनुमा के फरक हुने रहेछ भन्ने प्रश्नमा दाहालले फरक रहेको स्पष्ट पार्दै आफु आफुलाई कामले जितेर लोकप्रिय बन्ने इच्छा रहेको समेत उनी बताउछिन्