|  

ललितपुरस्थित् विशाल ग्रुपको गोदाममा प्रहरी छापा

३ कार्तिक,ललितपुर - ललितपुरस्थित् विशाल ग्रुपको गोदाममा प्रहरी छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले विशाल ग्रुपको ललितपुरस्थित गोदाममा आज छापा मारेको हो । विशाल ग्रुपको ललितपुरस्थित गोदाममा म्याद गुज्रिएका खाद्यबस्तुमा रिलेबलिङ गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । 

महानगरीय प्रहरी परिसर ललितपुरले रिलेबलिङ गर्ने सामग्री, विभिन्न म्याद गुज्रिएका खाद्यबस्तु, भ्याट छली, लेबल नभएका सामग्रीलगायत बरामद गरेको बताएको छ ।  यसअघि चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिएपनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको थियो ।

आन्तरिक राजश्व विभाग, उपभोक्ता हित संरक्षण मञ्च लगायतले अहिले गोदाम नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  ललितपुर प्रहरीले बताएको छ ।