|  

चैत ११ अघिकै भाडा लिन सरकारको निर्देशन : यातायात ब्यबसायीले टेर्लान् त !

 ३ कार्तिक,काठमाडौं - सरकारले अबदेखि सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिकै भाडादर लागू गर्न निर्देशन दिएको छ । 

आज (सोमबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री पार्वत गुरुङले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै भाडामात्र लिन पाउने निर्णय भएको जानकारी गराएका हुन्। 

 यसअघि सरकारले आधा क्षमतामा यात्रु राख्न पाउने र भाडा ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको थियो। 

यद्धपी सरकारले यातायात ब्यवसायीहरुसंग भने सल्लाह गरे - नगरेको बारे भने जानकारी दिएको छैन ।