|  

दशैं-तिहार नजिकिदै गर्दा दाङको लमहीमा घट्यो खसी-बोकाको मासुको मूल्य

३ असोज, काठमाडौं । दशैं तिहारलाई मध्यनजर गर्दै जिउँदो खसीबोकाको खरिद मूल्यनिर्धारण गरिएको छ। दाङको लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो।

किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले २० देखि २४ केजी सम्मको खसीको जिउँदो मूल्य प्रतिकिलो ५ सय रुपैयाँ निर्धारण गरेको छ।