|  

स्वास्थ्य मन्त्रालयद्धारा स्तरोन्नति हुने २६४ स्वास्थ्य संस्थाको नामावली सार्वजनिक

४ कार्तिक,काठमाडौं - सरकारले विभिन्न स्थानीय तहहरुमा ५, १० र १५ शैयाका अस्पताल स्तरोन्नति हुने स्वास्थ्य संस्था र स्थानीय तहहरुको नामावली सार्वजनिक गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज  विभिन्न स्थानीय तहहरुमा ५, १० र १५ शैयाका अस्पताल स्तरोन्नति हुने स्वास्थ्य संस्था र स्थानीय तहहरुको नामावली सार्वजनिक गरेको हो ।  मन्त्रालयले २६४ वटा संस्था र स्थानीय तहको नामावली सार्वजनिक गरेको हो । भवन निर्माणका लागि अर्थ मन्त्रालयले रकम निकासा गरेपछि मन्त्रालयले सो नामावली सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार ५ शैयाका अस्पतालका लागि ७० लाख, १० शैयाका लागि ८५ लाख र १५ शैयाका लागि १ करोड रकम विनियोजन गरेको छ ।