|  

कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने तयारीमा लुम्बिनी प्रदेश : संघीय सरकार चुनौती दिएकै हो त !

४ कार्तिक,काठमाडौं - संघीय सरकारले कोरोनाका बिरामीहरुलाई आफ्नै खर्चमा उपचार गर्न भनिरहेको समयमा लुम्बिनी प्रदेश सरकारले भने संक्रमितको  निःशुल्क उपचार गर्ने भएको छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज मंगलवार सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको छ ।’ 

लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको छ । सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले लुम्बिनी प्रदेश सरकारले पहिलेको जस्तै कोरोना संक्रमितहरुका लागि निः शुल्क उपचारको व्यवस्था गरेको बताए ।

संघीय सरकार आफ्नो दायित्वबाट पछि हटिरहेका बेला लुम्बिनी प्रदेशले भने आफ्ना जनताका लागि निः शुल्क उपचारको व्यवस्था गरेसँगै मुख्यमन्त्री पोखरेलको उक्त कामको सर्वत्र प्रशंसा भएको छ । 

उता संघीय सरकारको भने खरो आलोचना भइरहेको छ । सरकारले उक्त निर्णय फिर्ता लिनुपर्ने दबाब बढिरहेको छ ।