|  

कर्णाली विवाद : केपी ओली र प्रचण्डबीच मत बाझियो, किन मिलेन कुरा ?

४ कार्तिक,काठमाडौं - कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मत बाझिएको छ ।

कर्णाली प्रदेश सरकारको विवाद समाधानकसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच आज मंगलबार बिहान बालुवाटारमा छलफल भएपनी अध्यक्ष द्धयको मत बाझिएको हो।

कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार बिहान बालुवाटार पुगेका थिए । भेटघाटका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रदेशको विवाद समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, प्रचण्डले प्रदेशको विवाद प्रदेश कमिटीले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षको मत बाझिएको श्रोतले बताएको छ ।

प्रदेश सरकार संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको प्रतावलाई  प्रचण्डले अस्विकार गरेको श्रोतले बतायो । त्यस्तै संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिएर फर्किएका हुन्, प्रचण्ड निकट एक नेताले बताए ।

यसअघि गत शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश कमिटीका नेताहरुसँग भेटघाटका क्रममा  प्रचण्डले पहिल्यै छलफल भइसकेको भन्दै सहभागिता नै नजनाएको समेत श्रोतले बतायो ।