|  

कैलाली प्रहरी हत्या प्रकरण : बेपत्ता जवान साउदको पनि शव फेला

४ कात्तिक, काठमाडौं - कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव फेला परेको छ ।

गत शनिवारदेखी बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदिमा भेटिएको कैलाली प्रहरीले जनाएको छ । 

जवान साउदको शव प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँभन्दा करिब २०० मिटर टाढा शव भेटिएको हो । 

गत शनिबार राति सिमा क्षेत्रमा मोटरसाइकल गस्तीमा गएका वेला असई विक र जवान राम बहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आईतबार बिहान मोहना नदीमा भेटिएको थियो भने जवान साउदको आज दिंउसो १ बजे शव फेला परेको हो ।

हाल उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोेर टोलीसँगै नेपाल प्रहरीका पौडिन जान्ने दक्ष जनशक्ति परिचालित थिए । हालसम्मकको अनुसन्धानले असई विक र जवान साउदमाथि सामूहिक  आक्रमण भएको देखिएको पनि प्रहरी स्रोतको भनाइ छ ।