|  

आगामी कार्तिक ७ गतेबाट बैंक बन्द हुने

४ कार्तिक,काठमाडौं - आगामी कार्तिक ७ गतेबाट देसभरका बैंक बन्द हुने भएको छ ।

आज (मंगलबार) नेपाल बैंकर्स संघले एक सूचना जारी गर्दै आगामी कार्तिक ७ गतेदेखी ११ गतेसम्म बैंकका शाखा बन्द रहने  जानकारी गराएको हो । 

यसअघी दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक भने दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन्  । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै  बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ । 
 
वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र  ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले  संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमा जोड दिन संघले अनुरोध समेत गरेको छ ।