|  

आज राति मृगशिरा उल्कावर्षा हुने : कति बजेबाट देखिन्छ ?

४ कार्तिक,काठमाडौं - नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आज राति मृगशिरा उल्कावर्षाको गतिविधि अत्यधिक देखिने बताएको छ ।

हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको हो । यो पुछ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुछ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।

आजको उल्का वर्षाको स्रोत मृगशिरा ९ओरायन० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा ९ओरियनिड मिटियर सावर० नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।

उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ ।

अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमी माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उनले बताए ।