|  

कपनमा औंठी नगद र मोबाइल लुटपाट : २ जना पक्राउ

४ कार्तिक,काठमाडौं - राजधानी काठमाडौंको बुढानीलकण्ठ कपनमा औंठी नगद र मोबाइल लुटपाट भएको छ ।

आज दिंउसो बुढानीलकण्ठ नगरपालिका-१० कपन जुगल स्कुल नजिकबाट ६ जनाको समूहले सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको थियो ।

यद्धपी लुटपाटमा संलग्न प्रहरीले २ जनालाई भने प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानीलकण्ठ नगरपालिका-१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

उनिहरुले बुढानिलकण्ठ नगरपालिका-१० कपन नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएका थिए ।

लगत्तै महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।