|  

अर्थमन्त्रीको सल्लाहकारमा डा.प्रकाश श्रेष्ठ नियुक्त : को हुन् डा.श्रेष्ठ ?

४ कार्तिक,काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

अर्थमन्त्री पौडेलले सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका हुन् । श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले अष्ट्रेलियाको कर्टीन विश्वविद्यालयबाट अर्थशास्त्र र फाइनान्समा स्नातकोत्तर र द न्यू स्कुल न्यूयोर्कबाट अर्थशास्त्रमा पीएचडी समेत गरेका हुन् । 

उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा पनी काम गरेका थिए ।