|  

'जनताले पनी कर तिर्दिन भने कसरी धान्ने प्रधानमन्त्रीज्यु?' : विश्वप्रकाश शर्मा

४ कार्तिक,काठमाडौं - सरकारले कोरोना संक्रमित नागरिकले आफ्नो उपचार खर्च आफैँ व्यहोर्नु  भनेसंगै अहिले उक्त निर्णयको आलोचना भइरहेको छ ।

विपक्षी दलसँगै सत्तारूढ दलका नेताहरूले समेत सरकारको उक्त निर्णयको विरोध गरिरहेका छन् । कलाकारदेखि सर्वसाधारण नागरिकले समेत उक्त निर्णयको विरोध जनाएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले उपचार गर्दिन भनेझै जवाफमा जनताले पनी कर तिर्दिन भने कसरी धान्ने सम्माननिय प्रधानमन्त्रीज्यु? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-'उपचार गर्दिन सरकारले भन्दा जवाफमा जनताले कर तिर्दिन भने कसरी धान्ने सम्माननिय प्रधानमन्त्रीज्यु ? उपचार निस्शुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् ।’ उनले लेखेका छन् ।