|  

मन्त्रिपरिषद् बैठक बस्दै : कोरोना उपचारबारे कस्तो निर्णय आउला ?

४ कार्तिक, काठमाडौं - आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । 

सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । उनले बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए ।

स्रोतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ । बालुवाटार स्रोत भन्छ, ‘उपचार तथा परीक्षणमा शुल्क लिने निर्णयको आलोचना र विरोध भयो । 

सम्भवतः यो निर्णयमा पुनर्विचार हुन्छ एक मन्त्रीले बताए ।